Live Streaming

राष्ट्रिय मेलमिलाप दिवस मनाइँंदै


काठमाडौं,१६ पौष । नेपाली कँग्रेस र उसका भातृ संघ संस्थाहरुले आज ४० औंं राष्ट्रिय मेलमिलाप दिवस विविध कार्यक्रम सहित मनाउँदैछन् । कंग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारतको निर्वासन त्यागी स्वदेश फर्कनुभएको थियो । सोही दिनको सम्झनामा कँग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै आएको छ ।

बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको कँग्रेस नेताहरु बताउँछन् । राष्ट्रिय एकता, लोकतन्त्र र दिगो शान्ति कँग्रेसको प्रमुख एजेण्डा रहेको उनीहरुको भनाई छ । कँग्रेस सभापति सुशील कोइरालाले मेलमिलापको मान्यतामा आधारित हुँदै मुलुकका सबै राजनीतिक विचार र दलहरुलाई एकतावद्ध बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्नु पर्ने जनाउनुभएको छ ।