फन्को प्रचार प्रसारको यो कस्तो शैली ?
काठमाण्डौ ,१५ पौष ।
सधै नयॉ प्रचार शैली अपनाउनै आउने निर्माता नरेन्द्र महर्जनले चलचित्र फन्कोको प्रचार शैलीलाई नयॉ तरीकाबाट श्रृजना गरेका छन । आगामी माघ १ गतेबाट नेपालभर एकैसाथ रिलिजको लागी तयार रहेको चलचित्र फन्कोको लागी यसपाली निर्माता महर्जनले चलचित्रमा समाबेश ठुग्दे बोलको गितलाई हाईलाईट गर्दै यसको स्ट्याचु बनाएर फोटो खिच्ने अनि सामाजीक संजाल फेशबुकमा प्रचारगर्ने कार्यलाई तिब्रत्रा दिएको छ ।
यस्तै यो अभियानलाई बिभिन्न चलचित्रकर्मीहरुले पनि साथ दिईरहेका छन । चलचित्रका संगीतकार चेतन सापकोटाले पनि स्ट्याचुमा तस्बीर खिचाउदै फन्कोको प्रचारमा साथ दिएका छन उनले पनि आफनो फेसबुक बालमा यस्ता तस्बीरहरु पोष्ट गरेर चलचित्रको प्रचार गरेको देखिन्छ । सापकोटाले ठुग्दे बोलको गितमा संगित संगै गायिका रेष्मा सुनुवार संग मिलेर आफै गाएका छन । अहिले यो चलचित्रको गित ठुग्दे चर्चामा छ । यो गितलाई गितकार राजेन्द्र थापाले लेखेका हुन ।
गितकार थापाले पनि स्ट्याचुमा फोटो खिच्ने अभियानमा साथ दिएका छन । उनले फिल्म फन्को को गितले ठग्देको भनदै स्टाटस लेखेका छन । यस्तै यो अभियानमा चलचित्रकी गायिका रेष्मा सुनुवारले पनि आफनो फेसबुक वालमा फन्कोले ल्याएको स्ट्याचु अभियानमा तस्बीर खिचाउदै फन्कोको प्रचारमा साथ दिएकी छिन । यस्तै यो अभियानमा पुर्ब चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारी,निर्माता केशब भट्टराई,लगाएतका बिभिन्न चलचित्रकर्मी,संचारकर्मी एबं दर्शकहरुले पनि यो अभियानमा साथ दिएका छन ।
चलचित्रले आरम्भ गरेको यो अभियानलाई देशका प्रमुख शहरका सिनेमाहलहरुमा स्ट्याचु राखने र दर्शकहरुलाई फोटो खिचाएर फेसबुक वालमा राख्न अनुरोध गर्ने कार्य भैसकेको निर्माता महर्जनले बताए । यो अभियानलाई काठमान्डौका बिभिन्न सिनेमाघरहरु,पोखरा,नारायणघाट,हेटौडा बुटुवल,बिर्तामोड लगाएतका ठाउहरुमा गरीन लागेको महर्जनले बताए । साथै मुख्य शहरका बिभिन्न चोक चौताराहरुमा समेत यो अभियानले स्थान पाउने निर्माता महर्जनको भनाई छ । यस्ता अभियानमा सरिक भएर चलचित्रकमी ,दर्शक्हरु र संचारकर्मीहरुले दिएको साथलाई धन्यबाद भन्दै यस्तो साथले आफुहरुलाई चलचित्र निर्माण गर्न अझ हौसला बढने महर्जनले बताए ।