Live Streaming

​चीनले नेपाललाई थप इन्धन दिने


काठमाडौं,१४ पौष । चीन सरकारले नेपालले व्यहोरी रहेको इन्धन संकटलाई तत्कालीन रुपमा समाधान गर्न थप १३ लाख लिटर पेट्रोलियम पदार्थ अनुदानमा उपलब्ध गराउने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाकोे औपचारिक भ्रमणका क्रममा चिनियाँ सरकारले १३ लाख लिटर पेट्रोलियम पदार्थ अनुदान दिने निर्णय गरेको हो । चीन भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्टिय विमानस्थलमा संचारकर्मीसँग कुरागर्दै मन्त्री थापाले पहिले अनुदानमा उपलब्ध गराएकै परिणामा चीनले तत्कालीन संकटका लागि फेरि पेट्रोलियम पदार्थ उपलव्ध गराउन लागेको बताउनु भएको हो ।

दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्नेसम्बन्धमा चिनियाँ अधिकारीसँग महत्वपूर्ण छलफल भएको उल्लेखगर्दै मन्त्री थापाले यसको परिणाम पनि छिटै आउने दावी गर्नुभयो । आफ्नो भ्रमण नेपाल चीनबीच आर्थिक सम्बन्धको रुपरेखा तयार गर्न सफल भएको उहाले दावी गर्नुभयो । मन्त्री थापाले अब इन्धन आयात सम्झौताको बाटो खुलेको तथा पारवहन सन्धि र विप्पा सम्झौता लगायत स्वतन्त्र व्यापार सम्झौताबारेमा पनि सकारात्मक छलफल भएको जानकारी दिनुभयो । नेपालका प्रधानमन्त्रीबाट चीनमा छिटै हुने भ्रमणमा महत्वपूर्ण सम्झौता हस्ताक्षर हुने संकेत गर्दै मन्त्री थापाले त्यसका लगि दुवै पक्षबाट व्यापक गृहकार्य भइरहेको उल्ल्ेख गर्नुभयो । भ्रमणका क्रममा दुइदेशका परराष्टमन्त्रीबीच इन्धन आयात लगायत ८ बुदे सहमतिमा हस्ताक्षर भएको थियो ।