Live Streaming

​ गिनी इबोला मुक्त

एजेन्सी 


काठमाडौं,१४ पौष । अफ्रिकी मुलुक गिनीलाई विश्व स्वास्थ्य संगठनले इबोला मुक्त घोषणा गर्नेभएको छ । २ वर्षअघि इबोला संक्रमण महामारीकै रुपमा फैलिएको गिनीमा २५ सय भन्दा बढी संक्रमितले ज्यान गुमाएका थिए । इबोला मुक्त भएको खुशीयालीमा गिनीका नागरिकले कन्सर्ट र आतिसवाजीको तयारी गरिरहेको बीबीसीले उल्लेख गरेको छ । इबोलाबाट छिमेकी मुलुकहरु सियरा लिओन र लाइबेरियमा झण्डै ९ हजारको मृत्यु भएको थियो । सियरा लिओनलाई गत महिना नै इबोला मुक्त घोषणा गरिएको छ । तर, सेप्टेम्वरमा इबोला मुक्त घोषणा गरिएको लाइबेरियमा फेरी संक्रमित भेटिएको बीबीसीले जनाएको छ ।