Live Streaming

विष्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु

एजेन्सी


काठमाडौं,१४ पौष । नाईजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका २ वटा आत्मघाती बम विष्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अन्य सय भन्दा बढी घाइते भएका छन् । बोर्नो राज्यको माईदुगुरीमा भएको विष्फोटमा ३० जना तथा अदामावा राज्यको मदागालीमा भएको विष्फोटमा २५ भन्दा बढी मारिएको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । दुवै विष्फोट मानिसहरुको चहल पहल भएको बजार क्षेत्रमा महिला आत्माघाती आक्रमणकारीले गराएको अधिकारीहरुले बताएका छन् । नाईजेरियाका एक प्रभावशाली नेताले बोको हराम विद्रोहीबिरुद्ध सरकारी सेनाले प्राविधिक रुपमै युद्ध जितेको दावी गरेको केहि दिनमै पछिल्लो आक्रमण भएको हो । बोको हराम विद्रोहीले यसअघि गत आइतबार पनि माईदुगुरीको एक गाउँंमा आक्रमण गरेका थिए ।