Live Streaming

अमेरिकाद्धारा इरानको प्रशंसा

एजेन्सी


काठमाडौं,१४ पौष । इरानले ठूलो परिमाणमा युरेयिनम अन्य मुलुकमा पठाएर परमाणु सम्झौता कार्यान्वयनमा महत्वपूर्ण कदम चालेको भन्दै अमेरिकाले प्रशंसा गरेको छ । तेहरानले ११ टन भन्दा बढी सम्वर्धित युरेनियम रुसमा पठाएपछि अमेरिकी विदेशमन्त्री जोन केरीले त्यस्तो प्रतिक्रिया दिनुभएको हो । इरानले गत जुलाइमा आणविक कार्यक्रमबारे एउटा महत्वपूर्ण सम्झौता गरेको थियो । सम्झौता अनुसार, इरान आफ्नो साथमा ३ सय किलो भन्दा बढी सम्वद्र्धित युरेनियम नराख्न सहमत भएको थियो । त्यस्तै युरेनियम सम्वद्र्धनमा प्रयोग हुने सेन्ट्रिफ्युजको मात्रा कम गर्न तथा प्लुटोनियमको उत्पादन घटाउन पनि उसले सहमति जनाएको थियो ।