Live Streaming

​मर्निङ वाकमा निस्किएका एमाले नेता यादवको हत्या


सर्लाही,१४ पौष । नेकपा एमालेका सर्लाही जिल्ला सदस्य रामनरेश यादवको आज बिहान हत्या भएको छ । मर्निङ वाकमा निस्किएका एमाले नेता यादवको बिहान करिब ६ बजे सर्लाहीको हेमपुर–८ मा  धारिलो हतियार प्रयोग गरी हत्या भएको सर्लाहीका प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार, हेमपुर–८ स्थित रहनीया र पछ गछिया बीचको एकान्त ठाउँमा यादवको हत्या भएको हो ।

हत्या कस्ले र किन गरेको हो भन्नेबारेमा अहिलेसम्म केही खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । यादव बिहान सवा ५ बजे उठेर मर्निङ वाकका लागि निस्कनुभएको उहाँको परिवारले बताएको छ ।