Live Streaming

राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा


काठमाडौं,१३ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याणको कामना गर्दै आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको छ । मुलुकको संकट मुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले बिहान साढे १० बजे पशुपतिनाथको मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गरेर फर्कनुभएको छ । विशेष पूजापछि राष्ट्रपति भण्डारीले आफ्नो पहिलो महिनाको पारिश्रमिक १ लाख २१ हजार ३ सय ६० रुपैया पशुपति क्षेत्र विकास कोषका लागि प्रदान गर्नुभएको छ ।