Live Streaming

थप उपचारका लागि राजेन्द्र महतोलाई धरान लगियो


विराटनगर,१३ पौष । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि विराटनगरबाट गएराती धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । विराटनगरको रानी भन्सार नाकामा शनिबार मधेशी मोर्चाको धर्नामा प्रहरीले हस्तक्षेप गर्दा महतोको टाउको र खुट्टामा चोट लागेको थियो । विराटनगरकै गोल्डेन अस्पतालमा उपचार गराइरहेका महतोको स्वास्थ्यमा समस्या देखिएपछि गएराति धरान लगिएको सो पार्टीले जनाएको छ ।