Live Streaming

जाउँं है पोखरा महोत्सवमा

प्रस्तुति प्रेम/कृष्णमणि

पोखरा,१३ पौष। पश्चिमाञ्चल क्षेत्रको सदरमुकाम पोखरा प्रवेश गर्ने मुख्य माध्यम सडक मार्ग नै हो। पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन (पोखराबाग्लुङ) राजमार्गको संगमस्थल भएकाले आगन्तुकहरूले आउजाउ गर्दा कुनै समस्या झेल्नु पर्दैन।  विभिन्न यातायात व्यवसायी समितिका भाडाका बस र काठमाडौं, सौराहा, लुम्बिनीबाट पर्यटकीय बस समेत आउजाउ गर्ने भएकाले आरामदायी ढंगले पोखरा आउन सकिन्छ।

काठमाडौंदेखि पोखरा आउन बसको सुविधा हेरी ६ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म लाग्छ। काठमाडौंबाट जहाज र हेलिकोप्टरबाट पनि कम समयमा पोखरा प्रवेश गर्न सकिन्छ । काठमाडौंबाट दैनिक सरदर १० वटा उडान हुने गरेका छन् । विभिन्न हवाई कम्पनीले सुविधा दिएका छन्।

 प्रदर्शन गरिने नृत्यहरू

१) थारू लाठी नाच

२) कौडा नृत्य

३) छयाडु

४) तामाङ सेलो

५) तायमचा, लाखे

६) तिब्बती याक डान्स

७) चिनियाँ नाच

८) कोरियाली समूह

९) गन्धर्व

१०) भजनकीर्तन

११) स्कोन नेपाल

१२) लामा नाच

१३) राउटे, चेपाङ

१४) लोकदोहोरी

१५) आधुनिक, पप

१६) दशावतार (बालन)

खानाका परिकारहरू

विदेशी

इटालियन, कोरियन, मेक्सिकन, ग्रिक (सलाद) चाइनिज, टिपिकल नेपाली खाना

मन बहलाउन कहाँ जाने?

प्याराग्लाइडिङ, अल्ट्रालाइट, फेवातालमा बोटिङ, बन्जीजम्प, क्यानोनिङ, कायकिङ, ¥याफ्टिङ, जिप फ्लायर, वाटर बार्किङ बल, तालमा साइक्लिङ, स्काई डाइभ।

 घुमफिर गर्ने ठाउँहरू

१) फेवाताल, डेभिडफल्स, वेगनासताल, रूपाताल, सेती नदी

२) सराङकोट, शान्ति स्तुपा, रूपाकोट,

३) बिन्ध्यवासिनी, तालबाराही, बौद्ध गुम्बा माटेपानी, भद्रकाली

४) गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरो गुफा, केआइसिंह पुल

५) क्षेत्रीय संग्रहालय, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय र गोर्खा मेमोरियल म्युजियम

 आसपासका गाउँघर

गाउँले जीवन र संस्कृति बुझ्न सहरदेखि केही पर पुगे पुग्छ । जहाँ प्रत्यक्ष गाउँले जनजीवन, परम्परा, रहनसहनसँगै प्राकृतिक वनजंगल, खोलानाला, चराचुरुंगी र अर्गानिक खानेकुराको स्वाद बटुल्न पाइन्छ । कतिपय गाउँमा होमस्टे चलाएकाले खानेबस्ने चिन्ता हुँदैन । कम मूल्यमा पारिवारिक वातावरणमा बसेर रमाइलो गर्न सकिने भएकाले सहरी वातावरण र कोलाहलबाट वाक्क भएकाहरूका लागि ती गाउँहरू निकै मन पराइएका छन् ।

बेगनासताल, सुन्दरीडाँडा, रूपाकोट, कालिकाकोट, धम्पुस, ल्वाङघलेल, ताङतिङ, यम्जाकोट, धिताल, हेम्जाकोट, सिक्लेस, घान्द्रुक, मट्टिखान, निर्मलपोखरी, पार्चे, लुम्ले, कास्कीकोट, सार्दीखोला।

 एक ठाउँमा अनेक आनन्द

प्याराग्लाइडिङ

सराङकोटबाट हावामा कावा खाँदै साहसिक खेल प्याराग्लाइडिङबाट उडान भर्नेहरू निकै बढेका छन्। सन् १९९० देखि व्यवसायिक उडान हुँदै आएको प्याराग्लाइडिङबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला, हरियो वनजंगल, गाउँघर, फेवाताल, पोखरा उपत्यका सबै एकैपटक देख्न सकिने हुनाले यो धेरैको रोजाइमा परेको छ। 

 अहिले पोखरामा करिब ४० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरू पुगिसकेका छन्। १ सय ५० भन्दा बढी नेपाली प्याराग्लाइडिङ पाइलट पुगिसकेका छन्।

 सराङकोट र शान्ति स्तुपा

सराङकोट र पुम्दीभुम्दीको शान्ति स्तुपाबाट पोखरा उपत्यका र वरपरको बस्ती अवलोकन गर्न सकिने भएकाले स्वदेशी र विदेशी पर्यटकहरूको लस्कर लागेको हुन्छ।  माछापुच्छ्रे को सुन्दर छायाँ देखिने फेवाताल बीचमा राखेर उत्तरतर्फको सराङकोट र दक्षिणतर्फको शान्ति स्तुपाले दिनहुँ सयौं पर्यटकलाई स्वागत गरिरहेको हुन्छ । ताल, वनजंगल र सहर एकैपटक हेर्दै पृष्ठभूमिमा मनमोहक दृश्य समेटेर तस्बिर लिन सकिने हुनाले यी दुवै स्थान आगन्तुकले रुचाएका ठाउँ हुन्।

  सूर्योदयको अवलोकन यस स्थानको अर्को आकर्षण हो। सराङकोट प्याराग्लाइडिङका लागि प्रसिद्व छ भने शान्ति स्तुपा बुद्धको विशाल प्रतिमाका लागि । खाना, बस्न दुवै स्थानमा होटल र रेस्टुराँहरू छन् । त्यहाँ मोटरबाटोबाट सजिलै पुग्न सकिन्छ।

 पोखरा र पोखरेलीको अपेक्षा

अन्तर्राष्ट्रिय विमानस्थलसँगको अपेक्षा

पोखरा, हवाई उडानमार्फत जोडिएमा पोखरामा पक्कै निकै पर्यटक बढ्नेछन् । अहिले विश्वका विभिन्न देशबाट काठमाडौं हुँदै हवाई र मोटरयात्राबाट पर्यटकहरू आउँछन्। 

 यदि अन्य देशबाट मझौला खालका जेट विमान हुँदै पर्यटकहरू सीधै पोखरामा ओर्लिए पर्यटनले उचाइ चुम्नेछ । पोखराको अन्तर्राष्ट्रिय सहरहरूसँग प्रत्यक्ष व्यापारिक, पर्यटकीय र अन्य गतिविधि बढ्नेछ।

 पोखराको छिनेडाँडामा ३ हजार १ सय रोपनीभन्दा बढी क्षेत्रफलमा बन्न लागेको विमानस्थलमा विभिन्न क्षमताका जहाज आउजाउ गर्नेछन्। दैनिक उडान हुनेछ। पोखराबाट अन्तर्राष्ट्रिय सहरहरूमा समेत उडान हुने हुनाले बाहिर जाने यात्रुहरू पनि यही आउने भएकाले स्वतः व्यापारिक गतिविधि बढ्नेछ।

 पछिल्लो समय पोखरा स्वास्थ्यउपचार र शैक्षिक थलोको रूपमा समेत विकास हुँदै गएकाले विमानस्थल बनेपछि स्वास्थ्य र शिक्षाको केन्द्र पनि बन्नेछ । जसले गर्दा स्थानीय उत्पादन, उद्योग, व्यवसायको विकास भएर रोजगारी, आम्दानीसँगै अर्थोपार्जनमा मद्दत पुग्नेछ।

 पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग, मुक्तिनाथ मन्दिर, दर्जनौं हिमशृंखला आरोहणका लागि पोखरा प्रवेशद्वार भएकाले विमानस्थल सेरोफेरोको क्षेत्रको पनि विकास हुनेछ।पोखरेली जनताले करिब ४० वर्षअघि देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना अझै साकार भएको छैन। 

 निर्माण कम्पनीसँग सम्झौता भएर मुआब्जा वितरणको काम सकिन लागेको अवस्थामा पुगेको छ । करिब २१ अर्ब रुपैयाँमा बन्न लागेको विमानस्थलको निर्माण ठेक्का चीनको सिएएमसिई लिएको छ। 

 विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा हुनेछ । एरोब्रिजयुक्त जहाजबाट सोझै टर्मिनल पुगिने भवनसँगै कार्गो भवन बनाइने उल्लेख छ।

 २०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको दशकौंसम्म निर्माणको कुनै काम नहुँदा निराश पोखरेलीहरूले विमानस्थल निर्माणका लागि तीन महिनासम्म रिले अनशन बस्ने, पटक पटक राजधानीमा गएर धर्ना र दबाव दिँदै आएका थिए। विभिन्न विरोध र व्यवधान पन्छाएर अघि बढ्दा पनि अझै निर्माणको काम हुन नसकेकोमा पोखरेलीहरू असन्तुष्ट छन्।

 अहिले नेपालमा अन्तर्राष्ट्रिय जगत्सँग हवाईमार्फत जोड्ने काठमाडौंको एउटा विमानस्थल रहेको छ  उडानको अत्यधिक चाप र अन्य समस्या आउँदा बेला बेलामा उडान प्रभावित हुने गरेको छ । नेपाल आएका विमानहरू अर्कै देशको विमानस्थलमा गएर अवतरण गर्न बाध्य छन्।

 अहिले भारतले नाकाबन्दी गरेपछि अन्य देशसँग उडानले जोड्ने प्रशस्त विमानस्थल नहुँदा आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको छ। यदि मोफसलमा पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको भए अन्य देशबाट अत्यावश्यक सामग्री ल्याएर जनताको दिनचर्या सहज बनाउ सकिने थियो। 

 विमानस्थल अनेक दृष्टिले अत्यावश्यक भएकाले निर्माण कार्य तत्काल सुरु गरेर छिटोभन्दा छिटो सञ्चालनमा ल्याई विकास र सम्भावनाका ढोका खोल्न राज्य र आम पोखरेली जुट्न जरुरी छ।

 बसपार्क बनाऔ

अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध पोखरामा अहिलेसम्म एउटा पनि व्यवस्थित बसपार्क छैन। जसले गर्दा पोखरा आउने र बाहिरिने यात्रुलाई निकै असुविधा भएको छ । पोखराको पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माणका लागि पोखरा उपत्यका नगर विकास समितिको अगुवाइमा करिब ४० वर्षअघि जग्गा अधिग्रहण गरिए पनि अनेक अवरोधका कारण निर्माण कार्य अहिलेसम्म अघि बढ्न सकेको छैन।

 बसपार्क बनाउन २०३२ सालमा सरकारले २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। त्यसपछि मुआब्जा वितरण, सुकुम्बासी समस्या समाधान नगर्दा निर्माणमा अवरोध हुने गरे पनि दलीय भागबन्डा र खिचातानीले काम अघि बढ्न सकेको छैन। 

 नगर विकास समिति दलहरूको भागबन्डाको थलो भएकाले सरकारसँगै नेतृत्व मात्रै परिवर्तन हुने रोगले निर्माण कार्य अघि बढ्न सकेको छैन । बसपार्कका लागि छुट्याइएको आठ करोड रुपैयाँ खर्च हुन नसक्दा त्यतिकै थन्किएको छ। समितिमा अहिलेसम्म २० जना अध्यक्ष फेरिए पनि काम अघि बढ्न सकेको छैन। अन्नपूर्ण