Live Streaming

दोलखा केन्द्र बिन्दु भएको पराकम्प गयो


काठमाडौं,१३ पौष । दोलखा केन्द्रबिन्दु बनाएर आज बिहान ४ दशमलब २ म्याग्नेच्युडको पराकम्प गएको छ ।  पराकम्प बिहान ३ बजेर ५२ मिनेटमा गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत बुधबार पनि दोलखालाईनै केन्द्रबिन्दु बनाएर ४ दशमलब १ म्याग्नेच्युडको पराकम्प गएको थियो । त्यस्तै शनिबार बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलब १ र बुधबार पनि सोहि जिल्लालाई केन्द्रबिन्दु बनाएर ५ दशमलब ५ म्याग्नेच्यडटको भुकम्प गएको थियो ।