मानवअधिकार आयोगले गृहमन्त्रीलाई बोलायो
काठमाडौं,१३ पौष । चिसोले भूकम्पपीडित सर्वसाधारणको मृत्यु भएकोबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगले आज गृहमन्त्री शक्तिबहादुर बस्नेत र गृहमन्त्रालयका सचिव नारायणगोपाल मलेगोलाई आयोगमा बोलाएको छ । भूकम्पका कारण घरबार गुमाइ पालमुनि जीवनयापन गरिरहेकाहरुको चिसोले कठ्यांग्रिएर मृत्यु भएकोबारे सोधपुछका लागि गृहमन्त्री र सचिवलाई विहान ११ बजे बोलाइएको आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले बताउनुभयो ।
चिसोका कारण सिन्धुपाल्चोक, दोलखा, गोरखा लगायत भूकम्पप्रभावित जिल्लामा अहिलेसम्म झण्डै १० जनाले ज्यान गुमाइसकेका छन् । न्यानो लुगा किन्न सरकारले दिने निर्णय गरेको १० हजार रुपैया कयौं भूकम्पपीडितले अझै पाउन सकेका छैनन् ।