Live Streaming

​ पूर्वमा मोवाइल फोन अवरुद्ध


विराटनगर,१२ पौष । नेपाल टेलिकमको उपकरणमा आएको खराबीका कारण पूर्वाञ्चलमा दश लाख मोवाइल फोन अवरुद्ध बनेको छ । पूर्वका सोह्रै जिल्लामा प्रिपेड मोवाइल सेवा अवरुद्ध छ । गएरातीदेखि अवरुद्ध सेवा अझै सञ्चालनमा आउन सकेको छैन । सर्लाहीको हरिवनमा अप्टिकल फाइबरको कार्डमा आएको खारबीका कारण सेवा प्रभावित भएको नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।  टेलिकमका निमित्त क्षेत्रीय निर्देशक देवेन्द्र खतिवडाले वीरगञ्जबाट प्राविधिक टोली हरिवन गएको र आजै सेवा सञ्चालनमा आउने बताउनुभयो । सिडिएमए र ल्यान्डलाइन फोनमा भने समस्या नरहेको टेलिकमले जनाएको छ ।