Live Streaming

भारी वर्षा पछि आएको तुफानमा परी कम्तीमा १८ जनाको मृत्यु

एजेन्सी


काठमाडौं),१२ पौष । भारीवर्षा पछि आएको तुफान आँधीका कारण अमेरिकाको विभिन्न राज्यमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । लगातारको वर्षा पछि आएको बाढीको कारण सबैभन्दा बढी मिसिसिपि राज्यमा १० तथा टेनेसिमा ६ तथा अराकांस र अलाबामा राज्यमा एक एक जनाको मृत्यु भएको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उललेख गरेको छ । ओक्लाहामा राज्यमा भने भीषण तुफान आएको अधिकारीहरुले जनाएका छन् । त्यहाँं पानीको सतह १८ ईन्च बढेको छ । मिसिसिपि राजयमा आएको तुफानका कारण ५६ जना घाइते भएको र ४ सय भन्दा बढी घर बगाएको समाचारमा जनाइएको छ ।