Live Streaming

​चिसोले एक सातामा ५ वृद्धवृद्धाहरुको मृत्यु


दोलखा,११ पौष । भूकम्प प्रभावित दोलखामा पछिल्लो दिन बढेको अत्यधिक चिसोबाट कठ्यांग्रिएर एक सातामा ५ जना बृद्धबृद्धाको मृत्यु भएको छ । माइनस तिन डिग्रि सम्म पुगेको दोलखाको चिसोले एक साता भित्रमा पाँच जना बृद्धबृद्धाहरुको मृत्यु भएको हो । उनीहरु भुकम्प बाट घर भत्कीएपछि जस्ताको छानो भएको टहरामा सित छल्दै बसेका थिए ।  

 दोलखाको डाडाखर्क ८ का ९५ बर्षिय धनराज तामाङ,झुले ७ का ८६ बर्षिय लालबहादुर कार्की,झुले ४ का ८३ बर्षिय जानुका कार्की,गैरीमुदी गाविसका ६८ बर्षिय लालबहादुर तामाङ र जफे १ का ७९ बर्षिय भद्रकुमारी पोखरेलको एक साताभित्र चिसोका कारण मृत्यु भएको हो । सोहि गाउँमा भएका अन्य धेरै बृद्धबृद्धाहरु चिसोको कारण विरामी पर्न थालेका छन् ।

 जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले भने यस विषयमा जानकारी नभएको  बताउनुभयो । कुनै क्षेत्र बाट क्षतिपुर्ति नआउने भएपछि मृतकका परिवारहरुले प्रशासनलाई जानकारी नगराउने गरेको हुन सक्ने प्रहरी नायब उपरिक्षक पाण्डले बताउनुभयो ।