पाँच वर्षपछि ओडारबाट कालिकाको उद्धार
ललितबहादुर बुढा
सुर्खेत, ११ पौष । जाजरकोटमा पाँच वर्षदेखि ओडारमा बस्दै आएकी एक महिलाको उद्धार गरिएको छ । जिल्लाको लहँ गाविस वडा नं ८ निवासी कालिका खड्कालाई ओडारबाट उद्धार गरेर उपचार गर्न लागिएको हो । बच्चा जन्माउने क्रममा पाठेघर र पिसाब थैलीमा असर पर्दा मानसिक सन्तुलन नै गुमाउन पुगेकी खड्का ओडारमा बस्दै आएकी थिईन् ।
मानसिक सन्तुलन गुमेपछि परिवारबाट समेत अपहेलित हुँदा उनी विगत पाँच वर्षदेखि गाउँमै रहेको ओडारमा बस्दै आएकी थिईन् । हालसम्म कसैले पनि वास्ता नगरेपछि उनको मानसिक सन्तुलन समेत गुमेको छ । तर, काठमाण्डौं निवासी समाजसेवी अन्जना शाहको पहलमा खड्कालाई ओडारबाट उद्धार गरिएको हो । खड्कालाई ओडारबाट उद्धार गरेर शनिवार नै उपचारका लागि जाजरकोटबाट धरान लगिएको छ ।
समयमा नै उपचार हुन नसकेर मानसिक रुपमा विक्षिप्त भएर ओडारमा बस्न बाध्य खड्कालाई समाजसेवी अन्जना शाहको पहलमा उद्धार गरिएको हो । अब उनको निःशुल्क उपचार हुने भएको छ । खड्का अहिले मानसिक रुपमा पिडीत हुनुका साथै पिसाव चुहिरहने समस्याबाट ग्रसित छन् । उनको उपचारका लागि लण्डनबाट कृष्णप्रसाद शर्मा, नर्वेबाट ज्ञानेश राई, भियनाबाट प्रदिप भण्डारी, धरानबाट डा. मोहन रेग्मी र डा. रमेशले उपचारमा सहयोग गर्ने बचन दिएका छन् । सोही आधारमा धरानस्थित विपी कोइराला मेमोरियल अस्पतलामा कालिकाको उपचार गर्न लागेको समाजसेवी शाहले जानकारी दिईन् । खड्काको उपचारका लागि आफूले फेसबुकमार्फत आग्रह गरेपछि सहयोगी हातहरु बढेको अन्जनाले बताईन् ।
जाजरकोटका स्थानीय पत्रकारहरुको समन्वयमा शनिवार नै खड्कालाई उपचारका लागि धरानतर्फ पठाइएको छ । उनलाई धरानसम्म पु¥याउनका लागी अन्जना शाहले दश हजार र महिला तथा बालबालिका कार्यालय जाजरकोटले ५ हजार रुपैया सहयोग गरेका छन् । अन्जनाले भनिन्,‘मेरो सानो पहलमा खड्काले उपचार पाउने भईन्, हामीले उनलाई ओडारबाट निकालेका छौं । अब उनको सम्पूर्ण उपचारका लागि म सबैसँग हारगुहार गर्नेछु, उनले नयाँ जीवन पाउने छिन् ।’ मानव भएर मानवको सेवा गर्नु सबैको दायीत्व भएको भन्दै अन्जनाले आवश्यक सहयोग गर्न सबैसँग आग्रह गरिन् । २०५५ सालमा गर्भवती भएपछि खड्काले बच्चा जन्माउन नसक्दा स्थानीय सुडेनीहरुले हातले बच्चा निकालेका थिए । सोहीक्रममा उनको पाठेघर र मुत्रथैलीमा गम्भिर असर परेको हुनसक्ने छिमेकी वीरबहादुर खड्काले बताए ।
गम्भिर विरामी हुँदा समेत उपचार गर्नुको साटो खड्काका पति मक्करबहादुर खड्काले दोस्रो विवाह गरेर वेवास्ता गरेका थिए । पति र परिवारले नै वेवास्ता गरेपछि खड्का गाउँकै जंगलमा रहेको ओडारमा बस्दै आएकी थिईन् । समयमा नै उपचार पाउन नसकेपछि खड्काले मानसिक सन्तुलन गुमाएको स्थानीयले बताएका छन् । पाँच वर्षसम्म ओडारमा बस्दा समेत उनलाई कसैले पनि वास्ता गरेका थिएनन् । उपचारका लागि खड्कालाई ओडारबाट निकालेर धरानतर्फ लगेपछि गाउँलेहरु समेत खुशी भएका छन् ।