Live Streaming

​राप्रपाको नेतृत्व चन्दले गर्ने


काठमाडौँ,११ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टिको नेतृत्व चक्रिय प्रणालीअनुसार शनिबारबाट  लोकेन्द्र बहादुर चन्दले सम्हाल्नु भएको छ । शनिबार सम्पन्न केन्द्रिय समिति बैठकमा पूर्व अध्यक्ष पशुपति शम्शेर जवराले पूर्व सहमति अनुरुप बरिष्ठ नेता चन्दलाई पार्टिको नेतृत्व हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष पद हस्तान्तरण गर्दै पूर्व अध्यक्ष जवराले पार्टी अब नयाँ ढगंले एक ढिक्का भएर अगाडि बढ्नुपर्ने र त्यसमा आफ्नो पूर्ण समर्थन रहने बताउनुभयो । पार्टीको महाधिवेशन नहुञ्जेलसम्म बाँकि अवधिलाई तीन भागमा बाँडेर लोकेन्द्र बहादुर चन्द, पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पालैपालो अध्यक्ष हुने सहमति भएको थियो । सोहि सहमतिअनुसार चन्द नेतृत्वमा पुग्नुभएको हो । आन्तरिक विवाद झेल्दै आएको राप्रपाको केन्द्रीय समिति बैठक १९ महिनापछि आज पहिलो पटक बसेको हो ।

आज बैठकमा शुरुमै अध्यक्ष राणाले राजिनामा दिनुभएको थियो । लगत्तै नयाँ अध्यक्षका लागि चन्दको नाम प्रस्तावित भएको र सो प्रस्तावमा नेता लोहनीले समर्थन गर्नुभएको थियो । अध्यक्ष पदको जिम्मेवारी लिएपछि चन्दले पार्टीभित्र कुनै विभेद नराखी पार्टीलाइ नम्बर  १ बनाउन प्रयत्न गर्ने बताउनुभयो । यसअघि चक्रिय प्रणाली अनुसार आफुलाई नेतृत्व हस्तान्तरण नगरेको भन्दै चन्दले समानान्तर रुपमा पार्टी चलाउनुभएको थियो ।