अख्तियारले ट्रान्सफर्मरको गुणस्तर जाँच गर्ने
काठमाडौँ, ११ पौष । दैनिक दर्जनौंको संख्यामा ट्रान्सफर्मर पड्किएर विद्युत प्रशारण लाइमा असर पर्न थालेपछि अख्तियारले चासो देखाएको छ । लोडसेडिङको सास्तीले राजधानीको जनजीवन नै आक्रान्त हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मरको गुणस्तर जाँच गर्न आज विशेष टोली स्थगत निरीक्षणमा पठाएको छ ।
कमशल गुणस्तरका ट्रान्सफर्मर जडान गरिएको कारण दैनिक ट्रान्सफर्मर पड्किन थालेको र जनजीवन नै असुरक्षित भएको भन्दै व्यापक गुनासो र उजुरी आएपछि अख्तियारले स्थलगत छानबिनका लागि विशेष टोली खटाएको हो । खाना पकाउने ग्यास लगायतका इन्धनको अभावसँगै विजुलीको अत्यधिक प्रयोग हुन थालेपछि पछिल्लो समयमा ट्रान्सफर्मर पड्किने घटना दैनिक दर्जनभन्दा बढी संख्यामा हुन थालेका छन् । लोडसेडिङ बाहेकको समयमा पनि बिना सूचना बिजुली जाने र आउने गरेपछि उपभोक्ताहरु मारमा परेका छन् ।