Live Streaming

रक्सी खाएर गाडी चलाउँंदा दुर्घटना, चालक नै घाइते

विराटनगर, १० पौष । चालकले अत्यधिक मादक पदार्थ सेवन गरेर चलाएको म्याजिक भ्यान  विराटनगरको भृकुटी चौकमा आज बिहान दुर्घटना भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ च ७३६८ नम्बरको भेन आँफै अनियन्त्रितभई बिहान २ बजे दुर्घटना भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलका अनुसार दुर्घटनामा परेर भ्यान चालक विराटनगर ४ का ३० वर्षीय हरि पोखरेल घाइते भएका छन् ।

उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उपचारका क्रममा घाइते पोखरेलले भेन चलाएका बेला अत्यधिक मदिरा सेवन गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । प्रहरी उद्धार गरेर उपचारका लागि लैजाँदा चालक पोखरेल मदिराको नसामा लट्ठ र केही पनि थाहा नपाउने अवस्थामा थिए । दुर्घटनामा परेर भ्यानमा पूर्ण रुपमा क्षति पुगेको छ ।