Live Streaming

मन्त्रालय फुटाएर मन्त्रीको संख्या थप्नु आवश्यक छैन स: योगेश भट्टराई


काठमाडौं,१० पौष । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीपरिषद विस्तार गरेर सरकार आम जनतामा अलोकप्रीय बन्दै गएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम अन्नपूर्ण फ्रन्टलाइनमा कुरा गर्दै उहाँले मन्त्रालय फुटाएर मन्त्रीको संख्या थप्नु आवश्यकता नभइ बाध्यताको सिद्धान्त हुन सक्ने बताउनुभयो ।

धेरै दल समेटेर बनेको सरकार भएकाले सबैलाई भाग पु¥याउन प्रधानमन्त्रीले यो कदम चाल्नुपरेको उहाँको भनाइ थियो । अर्को प्रसंगमा सचिव भट्टराइले तराइमा जारी आन्दोलन मधेसी जनताको नभइ मधेसी मोर्चाको मात्र भएकाले जनताको मत विपरीत मोर्चाको अडानमा सहमति हुन नसक्ने बताउनुभयो ।

आन्दोलनलाई हिसांत्मक बनाउँदै तराइलाई तालिवानीकरण गर्न लागेको आरोप लगाउँदै उहाँले मन्त्रीपरिषदले गरेको ३ बुँदे निर्णय अनुरुप संविधान संशोधन गरेर अघि बढ्ने बताउनुभयो ।