Live Streaming

​बिस्तार भयो मन्त्रीमण्डल, ४ मन्त्री थपिए

काठमाडौँ, ९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई समर्थन गरेका साना दलबाट ४ जना मन्त्री र ४ जना राज्यमन्त्री थपेर तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रीको भागवण्डा मिलाउन ३ वटा मन्त्रालय टुक्राइएको छ । बिहबिार थपिएका मन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दीपक बोहरा, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, समाजवादी जनता दलका प्रेमबहादुर सिंह, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिबलाल थापा छन् । राप्रपाका बोहोराले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यसैगरी शिबलाल थापालाई विज्ञान तथा प्रविधि मन्त्रालय र प्रेमबहादुर सिंहलाई सरसफाइ तथा खोनपनी मन्त्रालयको जिम्मेवारी दिइएको छ । परिवार दलका एकनाथ ढकाललाई मन्त्रालय तोकिसकिएको छैन । यसअघि विनाविभागी मन्त्री रहेकी शान्ता मानवीलाई शान्ति तथा पुननिर्माण मन्त्रालयको जिम्मेवारी दिइएको छ । बिहिबार थपिएका मन्त्रीहरुले  राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीमण्डलमा एमालेबाट ४ जना राज्यमन्त्री पनि थप गर्नुभएको छ ।   राज्यमन्त्री बनाइएकामा उदयपुरकी मञ्जु चौधरी, बाँकेका दिनेशचन्द्र यादव, बैतडीका दामोदर भण्डारी र जुम्लाका बलबहादुर महत छन् । बिहिबार दिउसो बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम मन्त्रिमण्डल विस्तार भएको हो । साना दललाई भाग पु¥याउन मन्त्रिपरिषद्ले तीनवटा मन्त्रालय टुक्राउने निर्णय गरेको थियो । जसअनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जनसंख्या छुट्याएर २ वटा मन्त्रालय बनाइएको छ ।  त्यसैगरी विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयबाट वातावरण झिकेर जनसंख्या तथा वातावरण मन्त्रालय बनाइएको छ । सहरी विकास मन्त्रालयलाई पनि फुटाएर सरसफाइ तथा खानेपानी मन्त्रालय बनाउने निर्णय सरकारले गरेको हो ।