Live Streaming

​उपत्यसहित देशभर चिसो बढ्यो, जनजीवन प्रभावित बन्दै

काठमाडौं,९ पौष । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसो बढेसँगै बिहान र बेलुकी घरबाहिर निस्कन समेत कठिन हुन थालेको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्रम शुन्य दशमलब आठ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो यसवर्षको अहिलेसम्मकै कम तापक्रम हो ।

हिजोको तापक्रम शुन्य दशमलब ९ डिग्री सेल्सियसमा झरेको तापक्रम आज झन तल ओर्लेको हो । पोहोरको तुलनामा यसवर्ष दुईहप्ता अघि नै चिसो बढेको महाशाखाले जनाएको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ८.४ डिग्री रेकर्ड भएको छ । मुलुकका धेरैजसो भागको अधिकतम तापक्रममा समेत गिरावट आएको छ । अझै केही दिन मौसमी अवस्था यस्तै रहने महाशाखाले उल्लेख गरेको छ ।