फेरी गयो भूकम्प
काठमाण्डौ,८ पुष– दोलखलाई केन्द्रविन्दु बनाएर आज भूकम्प गएको छ । बुधबार बिहान ८ बजेर ४५ मिनेटमा ४ दशकलव १ म्याग्नेच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत बैशाख १२ को भूकम्पपछि अहिलेसम्म पनि परकम्प जाने क्रम रोकिएको छैन । केन्द्रका अनुसार, वैशाख १२ यता ४ म्याग्निच्यूड भन्दा माथिका ४ सय १८ वटा परकम्प गएका छन् ।