Live Streaming

​जनकपुरमा राष्ट्रपतिमाथि भएको दुव्र्यवहारको विरोध गरे सांसदले


काठमाडौँ,८ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि राम जानकी विवाह महोत्सवमा सहभागी हुने क्रममा गतसाता भएको गरेका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा सभामुखसंग समय लिएर सांसदहरुले राष्ट्रपति भण्डारीमाथि भएको अपमान सारा महिलाकै अपमान भएको भन्दै आक्रोश पोखेका छन् ।

नेपाली कांग्रेसका रामहरि खतिवडा, एमालेकी सुशीला नेपाल, नेमकिपाकी अनुराधा थापामगर, राष्ट्रिय जनमोर्चाकी मिना पुन, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह लगायत सांसदले राष्ट्रपतिमाथिको दुव्र्यवहारको विरोध गर्दै घटनाको छानविन गर्न माग गरे । सांसद्हरुले राष्ट्रपतिमाथि भएको अभ्रद व्यवहारबारे प्रश्न उठाएपछि सभामुख ओनसरी घर्तीले त्यसबारे सदनको आगामी बैठकमा जानकारी गराउन सरकारलाई रुलिङ्ग गर्नुभएको छ ।