मन्त्री थापा आज चीन जाँदै
काठमाडौं,८ पौष । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा कानुनमन्त्री अग्नि खरेलसहित नेपाली टोलीको नेतृत्व गर्दै आज चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँहरु दिउँंसो करिब २ बजे थाई एयरको बिमानमार्फत चीनतर्फ जानुहुने उपप्रधानमन्त्री थापको निजी सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री थापा नेतृत्वको नेपाली टोलीको भ्रमण मुख्यत दुइदेशबिचको आर्थिक र राजनैतिक सम्बन्ध अभिवृद्धिमा केन्द्रित रहने बताइएको छ ।
थापाले चीनसंँंग द्धिपक्षिय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) र स्वतन्त्र व्यापार सम्झौता ९ँत्ब्० इन्धन आयात सम्झौताका लागि महत्वका साथ छलफल गर्नुहुने र सहमती बने हस्ताक्षर समेत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ती विषयमा पछिल्लो समय चीनसँंंग कुटनीतिक स्तरमा छलफल भएपनि ठोस प्रगति नभइरहेका बेला उपप्रधानमन्त्री थापाको भ्रमणमा केही सहमति हुने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा मन्त्री थापाले नेपालसँंंग जोडिएका सबै नाका खुलाउन चीन सरकारलाई औपचारिक आग्रह समेत गर्नुहुनेछ । त्यस्तै दीर्घकालिन ईन्धन सम्झौता गर्ने विषयमा पनि चिनीया सरकारी टोलीसंँंग छलफल हुने बताइएको छ । थापा पुष १४ गते नेपाल फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।