गौरमा पुनः कर्फयु हट्यो
काठमाडौं, ८ पुस ।
रौतहटको गौरमा स्थानीय प्रशासनले आज बिहान कर्फयु हटाएको छ । स्थिति केहि शान्त भएको भन्दै प्रशासनले आज बिहान ४ बजेदेखि अर्को सुचना जारी नहुँदासम्मका लागि कर्फयु हटाएको हो । केहि दिनदेखि आशान्त रहेको गौरमा प्रशासनले बिहानीसत्रका बिद्यालयहरुलाई ध्यानमा राख्दै बिहानमा केहि समय कर्फयु हटाउँदै आएको छ ।
गत आइतबार गौरको विपीचोकमा प्रर्दशनका क्रममा १६ वर्षीय एक बिद्यार्थीको प्रहरीको गोली लागेको मृत्यु भएसंगै सो क्षेत्र तनावग्रस्त बनेपछि सोही दिन बेलुका देखि कर्फयु लगाइएको थियो । आज बिहान भने गौरको अवस्था सामान्य रहेको सहकर्मी फणी महतले जनाएका छन् । आजै आइतबार मृत्यु भएका बिद्यार्थी शेख तबरेज आलको अन्त्येष्टि समेत गरिदैछ ।
यसैबीच, रौतहटको गरुडा बजार स्थित मेथुर चौक नजिकै आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले गएराति एक ट्रकमा आगजनी गरेका छन । सख्खर लोड गरेर वाराको जितपुर लैजान लागीएको ना.३ ख १७० नं को ट्रकमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरी भागेको जिल्ला प्रहरी कायाृलय रौतहटका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । आगजनीबाट ट्र«कको झ्याल र अगाडीको भाग जलेको नष्ट भएको छ ।