Live Streaming

मन्त्री थापा आज चीन जाँदै

काठमाडौं, ८ पुस ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा कानुनमन्त्री अग्नि खरेलसहित नेपाली टोलीको नेतृत्व गर्दै आज चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँहरु दिउसो करिव २ बजे थाई एयरको बिमान मार्फत चीनतर्फ जानुहुने उपप्रधानमन्त्री थापको निजी सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री थापा नेतृत्वको नेपाली टोलीको भ्रमण मुख्यत दुइदेशबिचको आर्थिक र राजनैतिक सम्बन्ध अभिबृद्धिमा केन्द्रित रहने बताइएको छ ।

थापाले चीनसंग द्धिपक्षिय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) र स्बतन्त्र ब्यापार सम्झौता एफटिए इन्धन आयात सम्झौताका लागि महत्वका साथ छलफल गर्नुहुने र सहमती बने हस्ताक्षर समेत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ती बिषयमा पछिल्लो समय चीनसंग कुटनीतिक स्तरमा छलफल भएपनि ठोस प्रगति नभइरहेका बेला उपप्रधानमन्त्री थापाको भ्रमणमा केही सहमति हुने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा मन्त्री थापाले नेपालसंग जोडिएका सबै नाका खुलाउन चीन सरकारलाई औपचारिक आग्रह समेत गर्नुहुनेछ ।

त्यस्तै दीर्घकालिन ईन्धन सम्झौता गर्ने बिषयमा पनि चिनीया सरकारी टोलीसंग छलफल हुने बताईएको छ ।