आत्मघाती बम आक्रमणमा ६ नेटो सैनिकको मृत्यु
एजेन्सी
काठमाडौं,७ पौष । अफगानिस्तानमा भएको एक आत्माघाती बम आक्रमणमा कम्तीमा ६ नेटो सैनिकको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । बंगराम सैनिक बेश नजिक भएको सो आत्माघाती आक्रमणमा मारिने सैंनिक कुन राष्ट्रका हुन भन्नेबारे कुनै जानकारी नभएको अधिकारीहरुले जनाएका छन् । सो घटनाको जिम्मेवारी तालेबान बिद्रोहीले लिएको अफगान अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यसैबिच राजधानी काबुलमा एक अमेरिकी नागरिकको हत्या भएको छ । केहि दिन अघि गिरफ्तारमा परेका ती व्यक्तिको हिजो हत्या गरिएको अफगानिस्तानस्थित अमेरिकी दुताबासले जनाएको छ । घटना कसले गरेको भन्ने कुनै जानकारी नभएको समाचारमा जनाइएको छ ।