Live Streaming

एप क्याम्प २०१५ को विजेता घोषणा


काठमाडौं,७ पौष । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले एनसेल एप क्याम्प २०१५ को विजेता आज घोषणा गर्दैछ ।  एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजना गरेको सो प्रतियोगितामा खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट एक÷एक समूह विधागत विजेता र ती मध्ये एउटा समूहलाई सर्वोकृष्ट विजेता घोषणा गर्न लागेको हो ।  विगत ५ महिनादेखि जारी एनसेल एप क्याम्पमा प्रतियोगिताका लागि दर्ता भएका ७ सय २८ आइडिया मध्ये १ सय ५० आइडिया प्रतियोगिताको लागि छनौटमा परेका थिए ।

छनौटमा परेका समूहलाई दिएको विभिन्न चरणको सेमिनार र तालिमपश्चात् अन्तिम प्रतिस्पर्धाको लागि प्रत्येक विधाबाट ६÷६ वटा छानिएका थिए । विधागत विजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कारसहित २०१६ मा हुने अन्तर्रा्ष्ट्रिय एप सम्मेलनमा भाग लिन पाउनेछन् ।