मदरसा बन्द गर्न माग
एजेन्सी
काठमाडौं,३ पौष । अमेरिकी कंग्रेसको एक समितिले पाकिस्तानमा सञ्चालित मदरसाहरुले आतंकवादहरुलाई प्रश्रय दिएको भन्दै बन्द गर्न माग गरेको छ । समितिले अमेरिकी सरकारको पाकिस्तान नितिलाई परिवर्तन गर्न समेत माग गरेको छ । पाकिस्तानमा आतंकवादीहरुले मदरसालगायतका धार्मिक स्थलहरुलाई प्रयोग गरि आतंकवादी गतिविधि सञ्चालन गरेको सो समितिले आरोप लगाएको छ । समितीले आतंकवाद्विरुद्ध पाकिस्तानमा अमेरिकी सेनाले गरेको कारबाहीको भने स्वागत गरेको छ । यसैबिच आतंकवाद विरुद्धको कारबाही र भावी अभियानका विषयमा छलफल गर्न पाकिस्तानी सेनाको एक प्रतिनिधिमण्डल अमेरिका पुगेको छ । टोलीले अमेरिकी सेनासँंंग आतंकबाद विरुद्धको अभियानको भावी रणनिती बारे छलफल गर्ने अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।