Live Streaming

अब दैनिक १० घन्टा लोडसेडिङ


काठमाडौं,३ पौष । नेपाल विद्युत प्राधिकरणले विद्युत भार थप कटौती गरेको छ । इन्धन अभावका कारण विद्युतको अत्यधिक प्रयोग र नदीहरुमा पानीको प्रवाह घटेका कारण ट्रान्सफर्मरमा अत्यधिक समस्या देखिन थालेपछि प्राधिकरणले आजदेखि लोडसेडिङ थपेर सातामा ७० घण्टा पु¥याएको हो ।  नयाँ तालिका अनुसार अब दैनिक १० घन्टा लोडसेडिङ हुनेछ । यसअघि प्राधिकरण दैनिक साढे ८ घण्टा लोडसेडिङ गरिरहेको थियो ।