भ्रष्टचारको अभियोगमा सशस्त्र प्रहरीका प्रमुख निलम्वित
काठमाडौं,२ पौस । सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्वनको सिफारिस गरेको छ । वन्तले संगठनमा विभिन्न सामान खरिदमा भ्रष्टाचार गरेको उजुरीका सम्वन्धमा अख्तियारले केही समय यता छानविन गरिरहेकोमा प्रमाण नष्ट गर्ने आशंकामा उहाँसंगै अन्य २ जना उच्च अधिकृतलाई पनि निलम्वनको सिफारिस गरेको स्रोतले दावी गरेको छ । अख्तियारले यसको आधिकारीक पुष्टि भने गरेको छैन ।