Live Streaming

आन्दोलनले सीमा नाघ्यो : पौडेल

किशोर बुढाथोकी 


विराटनगर, २ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चाको आन्दोलनले सीमा नाघेको बताउनु भयो । उहाँले मधेसमा भइरहेको आन्दोलन मानव हित विपरित रहेको आरोप समेत लगाउनु भयो । विराटनगर विमानस्थलमा आज बिहान संचारकर्मीसँंंग कुराकानी गर्दै पौडेलले आन्दोलनका नाममा जनतालाई समस्यामा पारेर मुलुकमा संकट निम्त्याउने काम मात्र भएको बताउनु भयो । नेता पौडेलले जनता र मुलुकको लागि भनिएको आन्दोलनमा मानविय शंवेदनशीलता हराउँदै गएकोपनि बताउनु भयो ।

‘जनताले यति धेरै दुःख पाएर मुलुक गहिरो संकटमा फस्दापनि आन्दोलनकारीलाई यस विषयमा कुनै चिन्ता छैन,’ उहाँले भन्नु भयो, ‘आन्दोलनले जनता भोकभोकै छन् । मुलुक आर्थिक रुपले कमजोर बनिसक्यो ।’ पौडेलले आन्दोलनकारीलाई आन्दोलन छाडेर बार्ताबाट समस्याको निकास खोज्न आग्रह गर्दै जनता र मुलुकले पाइरहेको दुःखमा सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले काँग्रेसको आगामी महाधिवेशनमा आफूले सभापतिको उमेद्धवारी दिने समेत बताउनु भयो । ‘आगामी महाधिवेशनमा म नै सभापतिको उमेद्धवार हुँ,’ पौडेलले भन्नु भयो, ‘सुशील कोइराला र शेरबहादुर देउवाले पनि मलाई सहयोग गर्नु हुने छ ।’