Live Streaming

अमेरिकाले ताइवानलाई हतियार बेच्ने

एजेन्सी


काठमाडौं,२ पौष । अमेरिकी राष्ट्रपति बराक ओबामाले ताइवानलाई ठूलो परिमाणमा हतियार र सैन्य सामग्री बेच्ने मञ्जुरी दिनुभएको छ । बीबीसीका अनुसार, अमेरिकाले ताइवानलाई पौने २ अर्ब डलर बरावरको हतियार र त्यस्ता सामग्री बेच्न लागेको हो । ताइवानले नौसेनाको पोत, बख्तरवन्द गाडी, ट्यांक प्रतिरोधी मिसाइल र बिमानमा आक्रमण गर्ने मिसाइल खरिद गर्नेछ । अमेरिकाले ताइवानलाई हतियार बेच्न लागेकोमा चीनले कडा आपत्ति जनाएको छ । यद्यपी, अमेरिकाले ताइवानलाई आत्मसुरक्षाका लागि हतियार बेच्न लागेको भन्दै एक चीन नीतिप्रति आफ्नो सम्मान दोहो¥याएको छ ।