लस एन्जलसका सबै सरकारी विद्यालय बन्द
एजेन्सी
काठमाडौं,१ पौष । आतंकबादीहरुले आक्रमणको धम्की दिएको भन्दै अमेरिकाको लस एन्जलसमा सबै सरकारी विद्यालय बन्द गरिएको छ । सामाजिक सञ्जालहरुबाट आतंकबादीहरुले आक्रमण गर्ने धम्की दिएपछि सो प्रान्तका करिब १ हजार विद्यालय बनद गरिएको अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
धम्कीपछि सो क्षेत्रमा सुरक्षा व्यबस्था कडा पारिएको छ । यद्यपी सो धम्की दिने समुह बारे भने कुनै जानकारी नभएको समाचारमा जनाइएको छ । अमेरिकी अधिकारीहरुले सो धम्कीका बारे अनुसन्धान सुरु गरेका छन् । २ साता अघि अमेरिकाकै क्यार्लिफोनियामा भएको आतंकवादी आक्रमणमा कम्तीमा १६ जना मारिएका थिए ।