विवाद केहि दिनमै साधान हुन्छ : आङबोहाङ
काठमाडौं,१ पुस । क्रिकेट एसोसिएसन अफ नेपाल क्यानमा देखिएको बिवाद केहि दिनमै हल हुने अध्यक्ष टंक आङबोहाङले दावी गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद राखेप र अन्तराष्ट्रिय क्रिकेट परिषद आईसिसिको निर्णय विपरित एक पक्षले साधारण सभा गर्दैमा त्यसले बैधानिकता नपाउँंदै बताउँंदै अध्यक्ष आङबोहाङले केहि दिनमै राखेप र युवा तथा खेलकुद मन्त्रालयले यस विषयमा उचित कदम चाल्ने बताउनुभयो ।
रेडियो अन्नपुर्ण नेपालको नियमित बिहानी कार्यक्रम अन्नपुर्ण फ्रन्टलाईनमा कुराकानी गर्दै अध्यक्ष आङबोहाङले क्यानको विवादले केहि दिनमै निकास पाउने दावी गर्नुभएको हो । मंगलबार सम्पन्न साधारणसभा र नेतृत्ब चयनलाई नौटङगीको संज्ञा दिंदै उहाँले अध्यक्षले नै बहिस्कार गरेको साधारणसभाको कुनै बैधानिक अस्तित्व नरहने जिकिर गर्नुभयो । ४ बर्ष अघि निर्वाचित कार्यसमितिको म्याद भोलीबाट सकिने बताउँंदै उहाँले त्यसपछि मन्त्रालय र राखेपले गर्ने निर्णय अनुसार क्यान अघि बढ्ने स्पष्ट पार्नुभयो ।