Live Streaming

​संविधान संसोधन र पुर्ननिर्माण विधेयक संसदमा पेस

काठमाडौं,२९ मंसिर । मधेशी मोर्चामा आबद्ध दलका सांसदको विरोधका बावजुद व्यबस्थापिका संसद आफ्नो नियमित विजनेसमा प्रवेश गरेको छ । लामो समय अबरोध पछि आज बसेको बैठकमा विधायन समितिका सभापति गंगा चौधरीले भुकम्प पछिको पुननिर्माण सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको हो । बैठकको सुरुमा आफ्नो सिटमा उभिएर विरोध गरेपनि केही बेरमै मधेशी मोर्चाका सांसदहरु बेलमा आएर घेराउ गरेका थिए ।

मधेशी दलका सांसदहरु उठेर विरोध गरेपनि सभामुख ओनसरी घर्तिले संसदको कार्वाही अगाडी बढाउनु भएको हो । पुननिर्माण प्राधिकरण विधेयक सम्बन्धी प्रस्ताव र संविधान संशोधन प्रस्तावलाइ संसदको एउटै कार्यसूचीमा हाल्ने सहमति पछि लामो समय देखी अबरुद्ध संसदको अबरोध हटाउन प्रमुख प्रतिपक्षी नेपाली काग्रेस सहमत भएको हो । विपक्षी काग्रेसको अडान अनुसार सरकारले दुवै प्रस्ताव संसदको आजको बैठकमा लैजान सहमति जनाएको हो । दिउँंसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजे सुरु भएको हो ।