इंटाभट्टा भत्किदा ८ को मृत्यु
सुनसरी,२९ मंसिर । सुनसरीको इटहरी १७ स्थित इंटाभट्टमा भएको आगलागीमा मृत्यु हुने संख्या ८ पुगेको छ । हिजो दिउँंसोको सो दुर्घटनामा घाइते भएकामध्ये भारत बिहारका १६ वर्षीया मुस्तफा मियाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य करिब २० जनाको प्रतिष्ठानमा उपचार भइरहेको छ ।
यसैबीच प्रमुख जिल्ला अधिकारी रबिलाल पन्तको टोलीले आज बिहान दुर्घटना स्थलको अनुगमन गरेको छ । भुकम्पका कारण क्षतिग्रस्त चिम्नी पुर्ननिर्माण नगरी सञ्चालन गरेकाले सो दुर्घटना भएको स्थानीयले बताए । भुकम्पपछि स्थानीय प्रशासनले अनुगमन नगरेकाले प्रशासन समेत दोषी रहेको भन्दै स्थानीहरु आक्रोशित भएका छन् ।
अनुगमनपछि इंटाभट्टाका मालिक विनोद अग्रवालले अबैध रुपमा बालबालिकालाई प्रयोग गरिएको भेटिएकाले अनुसन्धान गरिने र दोषी भेटिएका कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । यद्यपि अग्रवाल भने सम्पर्क बिहिन भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।