अन्नपूर्णको निशुल्क बस सेवाबाट यात्रुलाई राहत
सहदेव चौधरी
काठमाडौं,२९ मंसिर । अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चलानमा ल्याएको नि:शुल्क बस सेवाबाट दैनिक १५ सय सर्वसाधारणले राहत पाएका छन्। गत मंगलबारदेखि सुरु गरिएको दुई वटा नि:शुल्क बस सेवाबाट चक्रपथका यात्रु तथा माइतीघरदेखि भक्तपुर, जगातीसम्मका सर्वसाधारणले राहत पाएका हुन्।
चक्रपथ रुटमा बस चलाउने बसचालक टहह बहादुर तामाङका अनुसार एक पटकमा १७० देखि १८० जना यात्रु बसमा चढ्ने गरेको जानकारी दिए। उनले भने, 'बसमा चढ्ने यात्रुहरुले ओर्लिने बेलामा हामी धन्यवाद दिन्छन्, यात्रुले बस आउने समय र फोन नम्बर पनि माग्छन। यस्तो अभाव र संकटको बेलामा बस चलाएर सेवा गर्न पाउँदा मनमा आनन्द आउँछ, दिनमा ५ देखि ६ टीप यात्रु बोकेर निशुल्क ओहोरदोहोर गर्छौ।'
यस्तै माइतीघरदेखि भक्तपुर, जगातीसम्म चलाउने बसका चालक मानबहादुर तामाङले पनि दैनिक रुपमा ४ देखि ५ पटकसम्म यात्रु बोकेर निशुल्क ओहोरदोहोर गर्ने गरेको बताए। उनले भने, 'नि:शुल्क सेवाले माइतीघरबाट जगातीसम्म चढ्ने सर्वसाधारण यात्रुहरु खुसी र राहत महसूस गर्छन्, हाम्रो कामको प्रसंशा गर्छन र फेरि चढ्ने आशा लिएर ओर्लिन्छन्। हामीले पनि एक पटकमा १८० देखि सय/डेढसय यात्रु चढाउँने र ओराल्ने गरेका छौ।'
नेटवर्कले पहिलो चरणमा संचालनमा ल्याइएको दुवै बसले आपतको अवस्थामा रहेका सर्वसाधरण यात्रु, बिरामी तथा अशक्तलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताएका छन्। उनले भने, 'नि: शुल्क बस सेवाबाट सर्वसाधारण यात्रुहरुले राहत महसुस गरुन, यही नै हाम्रो उद्देश्य र कर्तव्य हुनेछ, सर्वसाधारण यात्रुलाई सिजिलो र सुविधाका लागि हामी मलहम लगाउन तत्पर छौ।'
उनका अनुसार आजदेखि चक्रपथ(रिङरोड)मा अन्नपूर्ण मिडिया नेटवर्कको नि:शुल्क बस सेवा कोटेश्वरबाट एयरपोर्ट, गौशाला, चाबहिल, गोपीकृष्ण हल धुम्बाराही बसुन्धारा, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सितापाइला, कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो र ग्वार्को हुँदै फेरि कोटेश्वर रुट भएर चल्नेछ। यसघि कोटेश्वरबाट ग्वार्को रुट भएर सञ्चालन भइरहेको थियो।
सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा संचालन गरिएको नि: शुल्क बसमा चढ्ने यात्रुले नि:शुल्क अन्नपूर्ण राष्ट्रिय दैनिक पत्रिका, मोबाइल फोन चार्ज गर्ने सुविधा उपलब्ध गराइएको अन्नपूर्ण बसमा कार्यरत मार्केटिङ अफिर राजनराज खनालले बताए। अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोस्ट्, रेडियो अन्नपूर्ण नेपाल, एपी वान/अन्नपूर्ण ब्रोडकास्ट मिडिया लिमिटेड र अन्नपूर्ण पोस्ट डटकम संचालनमा छन्। अन्नपूर्ण