Live Streaming

जाडोका कारण भुकम्प पीडित बढी प्रभावित

काठमाडौं,२९ मंसिर । चिसो ह्वात्तै बढेपछि गत बैशाखको विनासकारी भुकम्पका कारण घरबार बिहिन भएकाहरुको दैनिकी कष्टकर बनेको छ । घरबारबिहीन भएर अस्थायी टहरामा बसेका भुुकम्प पीडितहरु चिसोका कारण कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।  भुकम्पबाट  अति प्रभावित क्षेत्र काभ्रे, सिन्धुपाल्चोक, रसुवा, गोर्खा, रामेछाप, नुवाकोट  धादिङ तथा उपत्यकाको भक्तपुरलगायतका जिल्लाहरुमा भुकम्पपीडितहरु पालमुनी तथा टिनको टहरामा दिन काट्न बाध्य छन् ।

टहरामा बसिरहेका पीडितसँग जाडोमा लगाउने न्यानो लुगाहरु पनि नहुँदा झनै दैनिकी कष्टकर बनिरहेको छ  । चिसोका कारण बालबालिका तथा बुढापाकाहरु बिरामी समेत हुन थालेका छन् । चिसोको कारण ज्वरो, निमोनियालगायतका समस्याले सताउन थालेको पीडितले बताए । भारतीय नाकाबन्दीका कारण औषधि समेत आफूहरुले नपाएको  पीडितको गुनासो छ।