Live Streaming

​खेल्दाखेल्दै हराएका बालकको शव खाल्टोमा

शिबराज भट्ट


धनगढी २८ मंसिर । आइतबार बेलुकी ५ बजेतिर आफ्नै घरबाट वेपत्ता भएका कैलालीको चौमाला गाविसका नौ वर्षीय बालक, खाल्टोमा गाढेको अवस्थामा भेटिएका छन् ।पुर्वपश्चिम राजमार्गमा पर्ने चौमाला बजारदेखि एक किलोमिटर दक्षिणतर्फ बार्ड नं ३ पुष्पनगरका स्थानिय ब्यापारी जनक जोशीका ९ वर्र्षीया छोरा तिलकराज जोशीको शव खल्टोमा गाढेको अवस्थामा फेला परेको कैलालीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए ।आइतबार बेलुकी ५ बजेदेखि वेपत्ता भएका तिलकको खोजीका लागि राती ८ बजे मात्रै ईलाका प्रहरी कार्यालय चौमालाका खबर गरिएको प्रहरी नायब निरिक्षक शंकरदत्त पन्तले जानकारी दिनुभयो । 

रातभरी आफन्त र प्रहरीले खोजी गरेपनि बिहान घरदेखि झण्डै एक किलोमिटर टाढाको खोल्सामा पुरेको अवस्थामा शव भेटिएका हो । शव गाडिएको नजिकै फलामको रड समेत फेला परेको र उनको शरिरमा निलडाम भएकाले हत्या भएको प्रहरी उपरिक्षक विष्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले, प्रहरी निरिक्षक शंकर पोख्रेलको नेतृत्वमा अनुसन्धान टोली पठाएको चौमाला पठाएको छ । सो टोलीले आफन्त, शिक्षक र छिमेकीहरुसँग सोधपुछ गरिरहेको छ ।  स्थानिय महुन्याल बिद्या मन्दिर कक्षा ३ मा अध्यनरत बालक जोशी हिजो साँंझ करिब साढे ५ बजे देखि घर नजीकै खेलीरहेको स्थानबाट वेपत्ता भएको मृतक बालकका आफन्तहरुले बताएका छन् । बालकको शव पोष्टमार्टका लागि सेती अंचल अस्पतालमा ल्याइएको छ ।