Live Streaming

रुपन्देहीका बेरोजगार युवालाई पशुपालनमा दुईकरोड अनुदान

कृष्णप्रसाद ढकाल 


भैरहवा,२८ मंसिर । मासु एवं दुधमा आत्मनिर्भर बनाउनका लागि यसवर्ष जिल्ला पशुसेवा कार्यालय रुपन्देहीले पशुपालक किसानलाई करिब दुई करोड रुपैया अनुदान दिने तयारी गरेको छ । पशु व्यवसायलाई प्रवद्र्धन गर्दै मुलुक मासु एवं दुध तथा दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउनमा टेवा पुराउने उदेश्यले पशुले एक करोड ५६ लाख ८ हजार रुपैया अनुदान सहयोग प्रदान गर्ने जनाएको हो । वेरोजार एवं किसान तथा बैदेशिक रोजगारमा गएर फर्किएका युवाहरुलाई पशुपालनतर्फ अझ आकर्षीत गर्नका लागि १४ वटा गाई तथा पशु फार्म स्थापना गर्ने तयारी भईरहेको वरिष्ट पशु चिकित्सक डा. गान्धीराज उपाध्यायले जानकारीदिए । 

यसैगरी नयाँ ८ वटा बंगुर फर्म स्थापना र पुराना एकसय २० वटा फर्ममा गोठ सुधार, ८० वटा फर्ममा च्याप कटर मेसीन वितरण, पंक्षी एवं पशु चौपाय संरक्षण तथा विस्तारका लागि परजीवि नियन्त्रण तथा खोप कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिने कार्यक्रम छ । पशु कार्यालयले गाई भैसी फर्म स्थापना गर्न ३३ लाख, गोठ सुधार कार्यक्रमका लागि १२ लाख, च्याप मेसिनका लागि १२ लाख, परजिवि नियन्त्रणका लागि ६ लाख र खोप कार्यक्रमका लागि ३ लाख रुपैया अनुदान दिन छुटाएको छ । यसैगरी युवा लक्ष्ाित व्यवसायी बाख्रा प्रर्वद्धन कार्यक्रमका लागि १८ लाख रुपैया छुटाईएको छ । जसमा ३ वटा बाख्रा फर्मलाई ६ लाख र वेरोजगार ६जना युवाले १२ लाख अनुदान पाउनेछन् । पशुआहार विकास राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत ३० जनालाई १ लाख ५० हजारका दरले अनुदान दिईने पनि कार्यालयले जनाएको छ ।

यस्तै हिउदे घाँस उत्पादनकालागि ४७ वटा फर्मका लागि ३८ हजार हेक्टरमा जै घाँस उत्पादन गर्न किसानलाई प्रोत्साहन सहयोग गरिने लक्ष्य छ । जिल्लाका सेवा केन्द्रबाट डेरी पकेट सुदृढीकरण थालिएको, दाना खरिद तथा ढुवानी, प्रभावकारी औषधी उपचार पद्धतीको सुरुवात भएको छ । कार्यालयले पशुपालनसंग सम्वन्धीत सहकारी मार्फत उक्त कार्यक्रम गर्न थालेको छ । अनुदान लिनका लागि आवश्यक पक्रिया अगाडी वढाउदै सूचना समेत प्रकाशीत गरीसकेको कार्यालयले जनाएको छ । अनुदान सहयोगले वेरोजगार युवालाई रोजगारको अवसर मिल्ने र अर्कोतर्फ आत्मनिर्भर बनाउनमा प्रेरीत गर्ने वरिष्ट पशु चिकित्सक डा. उपाध्यायले बताए ।