Live Streaming

पूर्वमा बन्दको आंशिक प्रभाव

विराटनगर,२८ मंसिर । संघीय लिम्बुवान पार्टीले अरुण पूर्वका ९ जिल्लामा आब्हान गरेको अनिश्चितकालीन चक्काजामको दोश्रो दिन ती जिल्लामा आंशिक प्रभाव परेको छ । सो पार्र्टीले पहिचानमा आधारित संघीय पुनर्संरचनासहितको लिम्बुवान स्वायत्त राज्य स्थापना गर्न आब्हान गर्दै हिजोबाट अनिश्चितकालीन चक्काजाम आब्हान गरेको थियो ।

हिजो बन्दको प्रभाव केही परेपनि आज बिहान भने ती जिल्लामा निर्वाध रुपमा सवारी साधन सञ्चालन भएका छन् । यसैबीच अरुण पूर्वका नौं जिल्लालाई लिम्बूवान स्वायत्त राज्य स्थापनाको मागसहित नौं जिल्लामा अनिश्चितकालीन चक्काजामको आह्वान गर्दै हिड्ने संघीय लिम्बुवान पार्टी नेपालका केन्दीय सचिवसहित ५ जनालाई प्रहरीले झापाको बिर्तामोड र २ जनालाई काँकरभिट्टाबाट हिजो पक्राउ गरेको छ ।