५६ लटमाथिका मोटरसाइकललाई पेट्रोल वितरण
काठमाडौं,२८ मंसिर । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा ५६ देखि माथिका लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्दैछ । गत मंगलबारदेखि तेल वितरण सुरु गरेको निगमले लटअनुसार अहिलेसम्म ३ चरणमा पेट्रोल वितरण गरिसकेको छ । निगमका अनुसार, नविकरण गरिएको ब्लू बुक भएकाहरुलाई मात्र पेट्रोल दिइने छ ।
बिहान ९ बजेदेखि राजधानी उपत्यकाका ८ वटा पेट्रोल पम्पबाट पेट्रोल वितरण गरिने निगमले जनाएको छ । निजी कारहरुलाई भने केही दिन पछि मात्रै इन्धन वितरण गर्नेे निगमले जनाएको छ । यसैबीच निगमले पेट्रोलियम पदार्थको वितरण व्यवस्थित गर्न एसएमएस क्यु सिस्टम प्रयोगमा ल्याउने भएको छ । वितरण प्रणालीलाई वैज्ञानिक र व्यवस्थित बनाउन चाडै सो सिस्टक प्रयोगमा ल्याउने निगमले जनाएको छ ।