Live Streaming

स्मार्टकार्ड आगामी बिहीबारदेखि वितरण गरिने

काठमाडौं,२८ मंसिर। अन्तराष्ट्रिय स्तरको विद्युतीय सवारी चालक अनुमतिपत्र स्मार्टकार्ड आगामी बिहीबारदेखि सर्बसाधारणले प्रयोग गर्न पाउने भएका छन् । यातायात क्षेत्रको अनियमितता कमी गर्ने उद्देश्यले सरकारले ल्याएको स्मार्टकार्ड बिहीबारदेखि सर्बसाधारणलाई वितरण गर्न लागिएको हो । एशियाली विकास बैंकको सहयोगमा सरकारले सुरु गरेको स्मार्टकार्ड, गत मंसिर २० देखि सोही प्रणालीअनुसार परीक्षा पास गरेकाहरुलाई पहिलो चरणमा वितरण गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

स्मार्टकार्डका लागि भरीने फराम अब अनलाईनमार्फत नै भर्न सकिने विभागले जनाएको छ । स्मार्टकार्ड प्रयोगमा आएपछि यायात क्षेत्रको अनियमितता, सिण्डकेट सँगै नक्कली लाइसेन्सको समस्या हट्ने विभागको विश्वास रहेको छ ।  यसअघि आइतबारदेखि नै स्मार्टकार्ड बितरण गर्ने भनेपनि प्राविधिक तयारी नपुगेकाले ढिलाई भएको विभागले जनाएको छ । विभागले एक साताअघि स्मार्ट कार्डको नमुना प्रर्दशनी गरेको थियो