Live Streaming

अस्पातालमा आगलागि, २१ जनाको मृत्यु

एजेन्सी

काठमाडौं,२८ मंसिर । रुसको एक अस्पातालमा भएको आगलागिमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अन्य केही हराइरहेका छन् । आगलागिमा परि  दर्जनौ घाइते भएका छन् । आगलागि भएको अस्पातालबाट ५५ भन्दा बढीको सकुशल उद्धार गरिएको रुसि अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । दक्षिणी रुसको भोरोनेजस्थित एक मानसिक अस्पातालमा सो आगलागि भएको थियो । आगलागिमा परि मृत्यु हुनेहरु मध्ये अधिकांश शैयामा उपचार गराइरहेका बिरामी रहेको रुसि अधिकारीहरुले जनाएका छन् । आगलागि हुनुको कारण नखुलेपनि विद्युत सर्ट भएर सो घटना भएको अनुमान गरिएको छ ।