Live Streaming

बुरुन्डीमा आक्रमणमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो

एजेन्सी
काठमाडौं,२७ मंसिर । अफ्रिकी मुलुक बुरुण्डीमा शुक्रबार भएको आक्रमणमा मृत्यु हुनेहरुको संख्या ८७ पुगेको छ । राजधानी बुजुम्बुरास्थित सेनाको क्यामलाई लक्षित सो आक्रमणमा परि आठ सुरक्षाकर्मी मारिएको अधिकारीहरुले जनाएका छन् । आक्रमणकारीले आसपासका क्षेत्रमा पनि अन्धाधुन्ध गोली चलाएका थिए । सो क्रममा स्थानिय सर्बसाधारणलाई गोली लागेको समाचारमा जनाईएको छ ।

मारिने मध्ये अधिकांश सर्बसाधारण रहेका छन् । आक्रमण गरिएको स्थानमा गएरातीमात्र ३४ बटा शब फेला परेको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । फेला पारिएका शब सबैलाई गोली लागेको छ । राजधानीका अन्य क्षेत्रमा पनि शव रहेको स्थानिय अधिकारीहरुले बताएका छन् । आक्रमण पछि सेनाले गरेको कारबाहीमा १२ बिद्रोही पनि मारिएको बीबीसीले जनाएको छ । घटना पछि राजधानीको बाताबरण त्रासपुर्ण बनेको छ ।