Live Streaming

जलवायु सम्मेलन सम्पन्न

काठमाडौं,२७ मंसिर। विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा माथि उक्लन नदिने लगायतका महत्वपूर्ण सहमति गर्दै फ्रान्सको पेरिसमा आयोजित जलवायु सम्वन्धि विश्व सम्मेलन सम्पन्न भएको छ । २ सातासम्म चलेको सम्मेलनको अन्तिम दिन हिजो सम्मलेनमा सहभागी १ सय ९५ मुलुकले जलवायु परिवर्तनको सामना गर्न तयार पारिएको सम्झौता अनुमोदन गरेका हुन् । यद्यपी, ताममानलाई १.५ डिग्री सेल्सियसमा रोक्ने प्रयासलाई भने कायम राखिने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार, सबै मुलुकले कार्वन उत्सर्जनमा यथाशिघ्र कमी ल्याउनेछन् । जलवायु परिवर्तन सम्वन्धि सम्झौतामा कार्वन उत्र्सजन कटौतीबारे सबै देश सहमत भएको यो पहिलो पटक हो । सम्झौतामा सबै मुलुकले हरितगृह उत्सर्जन कटौती गर्ने प्रतिवद्धता जनाएका छन् । सो सम्झौता कानुनी रुपमा आशिंक वाध्यकारी र आशिंक स्वेच्छिक भएको बीबीसीले उल्लेख गरेको छ ।