Live Streaming

भूकम्पपीडित परिवारलाई १० हजार

काठमाडौं,२७ मंसिर । सरकारले आजदेखि भक्तपुरका भूकम्पपीडित परिवारलाई १० हजार रुपैयाँ वितरण सुरु गर्दैछ । भूकम्पपछि पूर्ण रुपमा घर क्षति भएका परिवारलाई नगरपालिकाका वडा कार्यालयहरुमार्फत सो रकम वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी तोयराम रायाले जानकारी दिनुभयो । गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयमा आएको रकम वितरणका लागि नगरपालिकालाई पठाइसकिएको उहाले बताउनुभयो ।

आज रकम वितरण सुरु गरिए पनि सबै नगरपालिकामा यो काम हुन नसक्ने सम्भावना रहेको प्रजिअ रायाले बताउनुभयो ।  थप नयाँ नगरपालिकामा कर्मचारी अभावलगायत समस्या रहेकाले ढिला हुनसक्ने उहाको भनाइ छ । भूकम्पले भक्तपुरका ३९ हजार दुई सय १० घरमा क्षति पुगेका छ भने २४ हजार एक सय ७९ घर पूर्ण क्षतिग्रस्त छन् । यसअघि सरकारर्ले प्रतिपरिवार १५ रुपैयाँ वितरण गरेको थियो ।  घर नभएर अस्थायी टहरामा बसेका पीडितलाई न्यायो लुगा किन्नका लागि सरकारले थप १० हजार रुपैयाँ प्रतिपरिवार दिने घोषणा गरेको थियो ।