तराईमा चिसोसंगै शितलहर
काठमाडौं,२७ मंसिर । तीन दिनयता बढेको चिसो र हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । चिसो बढेर शितलहर सुरु भएका कारण तराईका महोतरी, सिराहा, सप्तरी, सुनसरी ,मोरङ, झापालगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो । चिसो छल्न सर्बसाधारण बिहानैदेखि आगो बालेर बस्ने गरेका छन् ।गत वर्षको भन्दा केहिअघि नै सुरु भएको चिसोका कारण रुघाखोकी, न्यूमोनियालगायतका बिरामी बढ्न थालेका छन् ।
सिराहा र सप्तरीमा भने अस्पाताल बन्द रहेकाले उपचारको समेत अभाव भएको छ । आन्दोलनका कारण बिगत २१ दिन यता जिल्लाका सबै अस्पताल बन्द भएपछि बिरामीहरु निजि क्लिनकमा उपचार गराउन बाध्य भएका छन् । गत मङ्सिर ६ गते राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्रहरी पसेर स्वास्थ्यकर्मीलाई कुटपिट गर्दै दुब्र्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीले जिल्लाको सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरी आन्दोलन गर्दै आएका छन् ।